काठमाडौं । आफूलाई नेपाली सेनाको मेजर भन्दै ट्याक्सी चालकलाई धाकधम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षीय रुद्रराज कार्की रहेका छन् ।
उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
न्यौपानेका अनुसार कार्की कौशलटारबाट बा.प्र.०१-००२ ज ६७३९ नम्बरको ट्याक्सी इन्ड्राइभ गरी चढेका थिए ।
भाडा मागेपछि भक्तपुर नगरपालिका-२ व्यासी बस्ने चालक मनोज न्यौपानेलाई कार्कीले धाकधम्की दिई भाडा तिरेनन् ।
यसपछि पीडितले प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको न्यौपानेले बताए ।
यस्तै, शुक्रबार अपराह्न ४ बजे कौशलटारबाट नक्कली डिएसपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा बारियारपट्टी गाउँपालिका-५ घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका २७ वर्षीय काशिन्द्र कुमार ठाकुर रहेका छन् ।
मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरीमा ठगीमा परेका पीडितहरूको पैसा उठाइदिने भन्दै उनले आफूलाई डिएसपी बताउने गरेका थिए ।
वृत्त ठिमी भक्तपुरबाट खटिएको टोलीले काशिन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend