Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाले गर्‍यो एक हजार भारतीयलाई देश निकाला


    शुक्रबार, जेष्ठ १६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाले अहिलेसम्म एक हजार भारतीय नागरिकलाई फिर्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार सन् २०२५ को जनवरीदेखि हालसम्म करिब एक हजार भारतीय नागरिकलाई फिर्ता पठाएको हो ।

    प्रवक्ता रणधीर जयसवालका अनुसार यीमध्ये लगभग ६२ प्रतिशत व्यक्ति व्यावसायिक उडानमार्फत फर्किएका छन्, यद्यपि उनले विस्तृत विवरण भने दिएनन् ।

    हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिकामा बसोबास गर्ने व्यक्तिहरूलाई देश निकाला गर्ने नीति ल्याएका थिए । गत फेब्रुअरीमा अमेरिकाले सैन्य विमानमार्फत सयभन्दा बढी भारतीय नागरिकलाई देश निकाला गरेको थियो । यस क्रममा निर्वासित व्यक्तिहरूलाई हतकडी लगाइएको भन्ने चर्चा चलेको थियो ।

    विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले भारत र अमेरिका आप्रवासन मुद्दामा नजिकबाट सहकार्य गरिरहेको बताए ।

    अमेरिकाले करिब १८ हजार भारतीय नागरिकलाई अवैध रूपमा बसोबास गरेको पहिचान गरेको छ । भारतस्थित अमेरिकी दूतावासले लामो समयसम्म गैरकानुनी बसोबास गरेमा देश निकाला र स्थायी प्रतिबन्धको जोखिम हुने चेतावनी दिएको छ। यो नियम कानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरूलाई पनि लागू हुने दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार