काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा विमानस्थलको क्षमता विस्तार गरी बढ्दो यात्रुचाप व्यवस्थापन गर्न र मौलिक परम्परा तथा संस्कृति झल्कने बुटिक विमानस्थल बनाइने बताए।
यो अवधारणा यसअघि २०७६ सालको नीति तथा कार्यक्रममा पनि समेटिएको थियो। तत्कालीन समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्रिभुवन विमानस्थललाई नेपाली संस्कृति र परम्परा झल्कने बुटिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिने उल्लेख गरेकी थिइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७५ पुसमा यो योजनामा काम सुरु गरेको थियो।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा २०४५ सालमा निर्माण सम्पन्न भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन काठमाडौँ उपत्यकाका खेतबारीका गराबाट प्रेरित छ। दुई जर्मन र जापानी इन्जिनियरले खेतका गराको शैलीमा यो विमानस्थलको डिजाइन गरेका थिए।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाइ उडान सुरक्षा सूचीबाट हटाउन आवश्यक कदम चालिने बताए। साथै, आन्तरिक हवाइ यात्रालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालन गर्न आवश्यक सुविधा उपलब्ध गराइने उनले उल्लेख गरे।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend