Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले वडातहसम्म बिरोध प्रदर्शन गर्दै 


    बिहिबार, माघ ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बिघटनको बिरोधमा आज वडातहसम्म बिरोध प्रदर्शन गर्दैछ । कांग्रेसले प्रतिनिधिसभा बिघटनको बिरोध प्रदर्शन गर्ने नाममा वडातहसम्मको संगठन चलायमान गराउन लागेको हो । अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भए पनि चुनाव भए पनि संगठन गतिशील बनाउने मौकाका रुपमा कांग्रेसले यसलाई लिएको छ ।

     कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई संसद विघटनको विरोधमा आज वडास्तरमा प्रदर्शन गर्न निर्देशन दिएका छन् । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

    कांग्रेस सभापति देउवाले एकातिर प्रतिनिधिसभा बिघटनको बिरोध गरेका छन् भने अर्कोतिर अध्यादेश ल्याएर संवैधानिक आयोगमा नियुक्ति गर्ने कार्यमा प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार