टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी देशलाई गम्भीर सङ्कटमा धकेलेको आरोप लगाएका छन् ।
सो पार्टीद्वारा टीकापुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटन हुँदा लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने जोखिम बढेको बताए ।
अध्यक्ष डा भट्टराईले भने, “अहिले मुलुक गम्भीर सङ्कटमा उभिएको छ । यो बेला सबै राजनीतिक दल, नागरिक समाज एक ठाउँमा उभिनुपर्ने बेला आएको छ ।” संसद् विघटन गरी वैशाखमा घोषणा गरेको चुनाव हात्तीको देखाउने दाँतमात्र भएको उल्लेख गर्दै उनले वैशाखमा कुनै हालतमा पनि चुनाव हुन नसक्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “कांग्रेस, जसपालगायतका दलहरुले चुनाव आउँछ भनेर ¥याल काढ्ने समय यो होइन । अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनुपर्ने बेला हो ।” डा. भट्टराईले हामी संसद् पुनःस्थपनाको पक्षमा छौँ भन्दै जुनसुकै हालतमा पनि संसद् चलायमान हुनुपर्छ । जनताको जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्नेमा आफू विश्वस्त रहेको बताए ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले संसद् विघटनसँगै अन्तर्राष्ट्रिय शक्ति पनि नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको बताउँदै नेपालले आफ्नो आन्तरिक मामिला आफैँ हल गर्नसक्ने भएकाले त्यसतर्फ नलाग्न ती शक्तिलाई आग्रह गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend