Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ १६ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


    बुधबार, जेष्ठ १४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको हो ।

    बुधबार छापवाल सुन प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलवार सुन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कायम भएको थियो।

    यस्तै, चाँदीको मूल्य भने बढेको छ । प्रतितोला आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार