सञ्जय मिश्रा
रौतहट । सर्लाहीस्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ ।
विआर ३० एके ७२२० नम्बरको स्कार्पियो गाडीमा उक्त परिमाण बराबरको बिभिन्न किसिमका गहना बरामद भएको सर्लाही प्रहरीले आज सोमवार सार्वजनिक गरेको हो ।
बरामद सरसामान सहित स्कार्पियो गाड़ी आवशयक कारवाहीको लागि आईतवार साँझ सर्लाही भन्सार कार्यालय, मलंगवामा पठाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।
गत ७ गते विहान साढे ९बजे लालबन्दी नगरपालिका १ जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि पूर्व पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीले नियमित चेकजाँच टोलीले चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ जादै गरेको उक्त स्कार्पियो गाड़ी नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा साथमा भन्सार कागजात नभएको र चालकले मदिरा सेवन गरेको अवस्थामा फेला पारेको थियो ।
मदिरा सेवन नगरेको अर्को चालक बोलाउनुस् र ट्राफिक नियमानुसार जारिवाना काटी जानुहोला भनी जानकारी गराउदाँ निजहरु आवश्यक कागजातहरु मगाई अर्को चालक समेत लिई आउने भनि चालक सहित चार जना पुरुष व्यक्तिहरु) गाडी छाडी गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताएका छन्।
धेरै समयसम्म पनि नआए पश्चात शंका लागी सवारी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट मुचुल्कासहितको टोली गई जनप्रतिनिधिहरुको रोहवरमा खानतलासी गर्दा गाडीको अगाडि इन्जिनको भागबाट प्लाष्टिले बेरेको जेब्रा झोलाभित्र गम्छाले बेरेको गरगहना र गाडी भित्रको भागबाट समेत चाँदी र नगद गरी करिब १५ लाखको सरसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend