Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थसहित दुई संसदीय समितिको बैठक बस्दै


    सोमबार, जेष्ठ १२ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद् अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    यसैगरी अर्थ समितिको बैठक १२ बजे बस्नेछ । बैठकमा बैङक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार