पथरी शनिश्चरे, मोरङ । कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिताको आजको खेलमा ब्रदर्श ११ झापाले ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा दुबै टोलीले २० ओभरमा समान ८९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। झापाले सुपर ओभरमा १६ रनको लक्ष्य दिएकोमा इटहरी ११ रनमा सीमित रह्यो।
झापाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। झापाका हेमराज राजवंशीले अविजित ४२ रन बनाए भने विवेक पौडेलले १३ रन जोडे। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे।
इटहरीका लागि रिक्की भण्डारीले ५ विकेट लिए। उज्जल श्रेष्ठले २ विकेट तथा सागर डोटेल र सुरेश गुरुङले समान १–१ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको ग्रीन सिटीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन नै बनायो। इटहरीका निमा तामाङले ४० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।
झापाका किरण गजमेरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। निरज शाह र निरज पाठकले समान २–२ विकेट लिएका थिए भने आवास खनालले १ विकेट हात पारे।
सुपर ओभरमा झापाका बिबेक पौडेलले ८ र निरज पाठकले ७ रन बनाए। ग्रीन सिटीका निमा तामाङले ७ रन बनाए तापनि टोलीले लक्ष्य भेटाउन सकेन। खेलको ‘म्यान अफ द म्याच’ भने पराजित टोलीका रिक्की भण्डारी घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल आयोजक क्लब र सलकपुर क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल ढुकुरपानी क्रिकेट क्लब झापा र दुर्गापुरी क्रिकेट क्लब मोरङबीच हुनेछ।
मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता जेठ १८ गतेसम्म चल्नेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
सुपर ओभरमा ब्रदर्श-११ झापा विजयी, ग्रीन सिटी इटहरी ५ रनले पराजित
पथरी शनिश्चरे, मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिताको आजको खेलमा ब्रदर्श ११ झापाले ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ।
आइतबार सम्पन्न खेलमा दुबै टोलीले २० ओभरमा समान ८९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। झापाले सुपर ओभरमा १६ रनको लक्ष्य दिएकोमा इटहरी ११ रनमा सीमित रह्यो।
झापाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। झापाका हेमराज राजवंशीले अविजित ४२ रन बनाए भने विवेक पौडेलले १३ रन जोडे। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे।
इटहरीका लागि रिक्की भण्डारीले ५ विकेट लिए। उज्जल श्रेष्ठले २ विकेट तथा सागर डोटेल र सुरेश गुरुङले समान १–१ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको ग्रीन सिटीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन नै बनायो। इटहरीका निमा तामाङले ४० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।
झापाका किरण गजमेरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। निरज शाह र निरज पाठकले समान २-२ विकेट लिएका थिए भने आवास खनालले १ विकेट हात पारे।
सुपर ओभरमा झापाका बिबेक पौडेलले ८ र निरज पाठकले ७ रन बनाए। ग्रीन सिटीका निमा तामाङले ७ रन बनाए तापनि टोलीले लक्ष्य भेटाउन सकेन। खेलको ‘म्यान अफ द म्याच’ भने पराजित टोलीका रिक्की भण्डारी घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल आयोजक क्लब र सलकपुर क्रिकेट क्लबबीच हुने छ भने दोस्रो खेल ढुकुरपानी क्रिकेट क्लब झापा र दुर्गापुरी क्रिकेट क्लब मोरङबीच हुने छ।
मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता जेठ १८ गतेसम्म चल्नेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend