बिराटनगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो दिन बैठक नै स्थगित हुने भएको छ । नेकपा टुक्रिएसँगै दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि आजको बैठकमा दलका नेताहरुले बोल्न नपाउने भएका हुन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको हो । हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ । बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र त्यसपछि आजको बैठक स्थगित हुने छ ।
अर्को बैठकको मिति सभामुखले तोक्ने छन् । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहको थियो भने प्रचण्ड–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने रणनीति बनाएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend