Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • वागमती प्रदेशको प्रदेशसभा बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत


    बुधबार, माघ ७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वागमती प्रदेशको प्रदेशसभा बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत देखिएका छन् । 

    प्रदेशसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सहमतिमै अगाडि बढाउने सहमति जुटाएको हो । बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । 

    आजको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको एक सांसदले जानकारी दिए ।

    आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार