Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • ८.५७ अंकले घट्यो नेप्से


    आइतबार, जेष्ठ ११ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । आइतबार नेप्से परिसूचक घटेको छ। नेप्से ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा बन्द भएको छ।

    आज कारोबार रकम पनि घटेको छ। बिहीबार ९ अर्ब ८२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार ७ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब २२ करोड रूपैयाँ कमी आएको हो। आज ३१४ वटा धितोपत्रको एक करोड ८५ लाख पाँच हजार ७७१ कित्ता सेयर किनबेच भएको हो।

    आइतबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार