Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्पर्कविहीन २१ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


    आइतबार, जेष्ठ ११ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले एकजना हवलदारसहित २१ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । आइतबार प्रधान कार्यालयले फागुन र चैतदेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ ।

    सूचनाअनुसार एकजना प्रहरी हवलदार, पाँचजना सहायक हवलदार, १५ जना प्रहरी जवान र एकजना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन् । गैरहाजिर हुने हवलदारमा कर्णाली प्रदेश कार्यालय गण सुर्खेतमा दरबन्दी रहेका दाङ राजपुर गाउँपालिका–२ का अमरनाथ चौधरी छन् । उनी चैत २६ गतेदेखि गैरहाजिर रहेको सूचनामा उल्लेख छ ।

    यस्तै, सहायक हवलदारहरूमा राजु धिताल, खुमबहादुर खड्का, मालिकराम कान्दु र चित्रबहादुर पुन मगर छन्। उनीहरू पनि चैतको विभिन्न मितिदेखि गैरहाजिर छन् । अन्य बाँकी १५ जना जवान र एक कार्यालय सहयोगी पनि सम्पर्कविहीन छन् ।

    उनीहरूको खोजतलास गर्दा, गराउँदा र प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित ७ दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय(९ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार