Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड-नेपाल समूहद्वारा सम्पादकहरुसँग छलफल


    बुधबार, माघ ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले देशको पछिल्लो राजनीतिक अवस्थाबारे सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। अन्तरक्रिया कार्यक्रम दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

    छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् ।

    प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्था, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार