काठमाडाैं । प्रदेश १ र बागमती प्रदेशमा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदैछ । दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको समयकाबीच आजदेखि अधिवेशन सुरु हुन लागेको हो ।
गत पुस १० गते बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध र पुस १२ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले अविश्वास प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश १ को हिउँदे अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ । त्यसअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
कांग्रेसले अहिलेसम्म दुवै प्रदेशमा आफ्नो समर्थन अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा हुने भनेर औपचारिक निर्णय नगरिसकेको अवस्थामा यो विषय थप पेचिलो बनेको छ ।
मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठकमा नेकपाको ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष आ–आफ्नै रणनीतिका साथ बैठकमा सहभागी हुने तयारीमा लागेका छन् ।
यसअघि ओली पक्षले प्रचण्ड–नेपाल पक्षका १६ सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको थियो भने प्रचण्ड–नेपाल पक्षले ८ जना सांसदलाई कारवाही गरेको थियो । आफ्नो पक्षले कारबाही गरेका सांसदलाई प्रदेशसभा बैठकमा प्रवेश नदिन ओली पक्षका सांसदहरु बैठक सुरु हुनुअघि सभामुखसमक्ष डेलिगेशन जाने तयारीमा छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend