Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेस्तोल र गोली सहित दुई जना पक्राउ


    शुक्रबार, जेष्ठ ९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जना प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार