Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • यी तीन निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)


    बिहिबार, जेष्ठ ८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले बिहिवार सूचना जारी गरी विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

    सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी बाँकेको डडुवा गाउँपालिका(५ मा रहेको यज्ञेश्वर निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।

    काठमाडौँ महानगरपालिका-१४ ठेगाना उल्लिखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन्।

    सल्यानको लेख पोखरा-६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।कालोसूचीमा परेकाहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार