Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटन गर्ने ओलीको कदम राजतन्त्र पुनःस्थापित र निरंकुशतातिर धकेल्ने प्रक्रिया हो : प्रचण्ड


    मंगलबार, माघ ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र पुनःस्थापनाको प्रक्रिया सुरुवात भएको बताएका छन् ।

    प्रचण्ड–नेपाल समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनले राजतन्त्र पुनस्स्थापनाको प्रक्रिया सुरुवात भएको बताएका हुन् ।

    ‘यो राजतन्त्र पुनर्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने ।

    कार्यक्रममा प्रचण्डले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति राजाको भाषा ह्वास्स गन्हाएको टिप्पणी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार