Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थाइल्यान्डले नेपाललाई दियो १५९ रनको लक्ष्य


    मंगलबार, जेष्ठ ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा जितका लागि नेपालले १ सय ५९ रनको विशाल लक्ष्य पाएको छ।

    थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको हो।

    थाइल्यान्डकी ओपनर नताया बोचाथामले अर्धशतक पूरा गरिन्। उनले ४२ बलमा ५ चौका सहयोगमा ५० रन बनाउँदा मनीषा उपाध्यायको बलमा रोमा थापाको हातबाट क्याच आउट भइन्।

    अपिसरा सुवान्चोराथीले ४३ बलमा १ चौका सहयोगमा २९ रन बनाउँदा राजमती ऐरीको बलमा रिया शर्माको हातबाट क्याच आउट नै भइन्।

    विकेटकिपर ब्याटर नान्नपथ कोन्चाइनकाई ५० र नथाकन चन्थाम १५ रनमा अविजित रहे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार