Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईसीसी महिला टी–२० क्रिकेट विश्वकप, आज थाइल्याण्ड र नेपालबीच प्रतिस्पर्धा


    मंगलबार, जेष्ठ ६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एसिया छनोटको ‘सुपर थ्री’ मा आज नेपाल र घरेलु टोली थाइल्यान्ड खेल्दैछन् ।

    नेपाल र थाइल्यान्डबीचको खेल बिहान पौने ९ बजे टेर्डथाई क्रिकेट मैदान बैंककमा हुनेछ ।

    प्रतियोगितामा नेपालको आज अन्तिम खेल हो । यो खेल जितेमा नेपाल एशिया छनोटको विजेता नै बन्नेछ ।

    यसअघि हिजो भएको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगिसकेको छ ।

    नेपालको महिला टोली इतिहास रच्न सफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार