Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ


    सोमबार, जेष्ठ ५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर । भीमफेदी गाउँपालिका–१ खोप्लाङखोलाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७२ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका–५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् ।

    प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३ च. ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार