Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिमान सिंहलाई १ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश


    सोमबार, जेष्ठ ५ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

    विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए । त्यसपछि उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

    उक्त पत्रपछि प्रहरीले रेशमलाई पक्राउ गरेर कारागार समेत पुर्‍याएको थियो । उक्त पत्र आधिकारिक नरहेको खुलेपछि रेशम रिहा भएका थिए भने पत्र लेखेको आरोपमा विष्ट पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार