Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक साता पछि बढ्यो सेयर, कारोबार भने घट्यो


    सोमबार, जेष्ठ ५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । सात दिन पछि आज सेयर बजार बढेको छ ।

    जसअनुसार सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेर रोकिएको छ ।र

    आज १ करोड ६२ लाख ५ हजार ५ सय ६५ कित्ता खरिदबिक्री हुदाँ आज ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर खरिद बिक्री बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ । हिजो ८ अर्ब ५० करोड बढी कारोबार भएको थियो ।

    आज १८५ कम्पनीको मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार