बिरगंज । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।
डिआईजी चतुर्वेदीले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाले पछी पहिलो पटक जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंजको निरीक्षण पछि सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्राले उनको स्वागत गरेका थिए।
डिआईजीले मुदा फाँट, अनुचित लेनदेन शाखा, उजुरी शाखा, हिरासत व्यस्थापन शाखा, सिसी टिभी कक्ष, सुचना संकलन शाखासमेतको निरिक्षण गरेका थिए।
निरिक्षण पश्चात पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रासहित जिल्लाभरिका प्रहरी युनिट प्रमुखहरूलाई एकठाउँमा राखेर विभागीय नीति अनुसार सिमा अपराध, आपराधिक गतिविधि बिभिन्न सामानको तस्करी नियन्त्रण गर्न र कानुन विपरीत कुनै पनि काम नगर्न डिआईजी चतुर्वेदीले कडा निर्देशन दिएको एसपी मिश्रले बताए ।
मधेश प्रदेशको आठवटै जिल्लामध्य पर्सा अति संवेदनशिल जिल्ला रहेकाले चुस्त दुरुस्त रुपमा शान्ति सुरक्षा कायम राख्न तथा सीमाको निगरानीमा बिशेष ध्यान दिन निर्देशन दिएका थिए। केही दिन अघि पर्सा प्रहरीले एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु र सानो अवधिमा करोडौंको अबैध सामान बरामद गर्न सफल भएकोमा डिआईजी चतुर्वेदीले एसपी मिश्रको प्रशंसासमेत गरेका थिए।
डिआईजी चतुर्वेदीले यस अघि जिल्ला प्रहरी कार्यालय रौतहट र सर्लाहीको निरीक्षण गरिसकेका छन् भने आज जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गर्ने योजना रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend