Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १ मा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै


    मंगलबार, माघ ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । प्रदेश १ मा संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए ।

    उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ ।

    प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

    त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार