Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मधेशका पूर्वअर्थमन्त्री, मेयर, उपमेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    आइतबार, जेष्ठ ४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार र बाथमतफ नगरपालिका सर्लाहीका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भरत ताल निर्माणलगायतमा ३० करोड गैरकानूनी अनुदान दिने र लिने विजयकुमार र भरतकुमारसहित ८ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    मुद्दा दायर हुनेमा बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल लगायत रहेका छन् ।

    मेयर थापा यसअघि पनि भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् । पूर्वमन्त्री यादवसँग २९ करोड ९९ लाख ८६ हजार १३५ बिगो दाबी गरिएको छ भने मेयर–उपमेयरसँग ५६ करोड ७१ लाख ७ हजार २९२ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

    मन्त्रालयका कानून अधिकृत भुजेलसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रूपैयाँ, नगरपालिकाका इन्जिनियर निरन्जन लामिछोनसँग १० करोड १४ लाख ९५ हजार, हाल निलम्बित इन्जिनियर सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२, लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड ३ लाख ३४ हजार ४०४ रूपैयाँ, बिगो माग गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    तत्कालीन इन्जिनियर निरन्जन लामीछाने, सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल मेयर, उपमेयर, प्रशासकीय अधिकृतसहित यी सबै कर्मचारी यसअघिकै भरत ताल भ्रष्टाचार प्रकरणमा मुद्दा दर्तापछि निलम्बित छन् ।

    सर्लाहीको बागमती नगरपालिका–४ र १२ को उक्त परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटो गैरकानूनी रूपमा उत्खनन् गरी माछापोखरी बनाउने भनेर संघ, प्रदेश सरकारसमेतको करोडौं रकम खर्चेर गैरकानूनी संरचना बनाएकोमा अख्तियारले मुद्दा चलाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार