Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई मन्त्रीकै सामुन्ने तरुण दलका नेताहरूबीच खुकुरी हानाहान


    शनिबार, जेष्ठ ३ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • लमजुङ । नेपाल तरुण दल, लमजुङको पाँचौ जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएको छ ।

    शनिबार अधिवेशनको उदघाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीच खुकुरी हानाहान भएको हो ।

    अधिवेशन उदघाटन समारोहमा गण्डकी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र अर्थमन्त्री टकराज गुरुङ  सहभागी थिए । उनीहरुकै अगाडि देउवा पक्ष र कोइराला पक्षका युवाहरुबीच खुकुरी हानाहान भएको हो ।

    मन्त्री भेषबहादुर शेखर पक्षका नेता हुन् । अधिवेशनमा देउवा पक्षले एकलौटी रुपमा नेतृत्व छान्ने प्रयास गरेपछि खुकुरी हानाहान भएको बताइएको छ । देउवा पक्षले पेलेरै लगेपछि कोइराला पक्षले विरोध जनाएको थियो । त्यसपछि देउवा पक्षका युवाहरुले खुकुरी प्रहार गरेका थिए ।

    खुकुरी हानाहानमा शेखरपक्षीय नेविसंघका केन्द्रीय सदस्य सुदिप अधिकारी घाइते भएका छन् । उनलाई उपचारका लागि चितवन लगिएको बताइएको छ ।

    यस्तै शेखर पक्षका खुशी गुरुङ पनि घाइते छन् । उनी वेशीसहर वडा नम्बर ९ का वडाअध्यक्ष हुन् । साथै शेखर पक्षकै किशोर बस्नेत र शंकर सापकोटा पनि घाइते छन् । कोइराला समूहले खुशीलाई अध्यक्ष बनाउन खोजेको थियो ।

    यता देउवा पक्षले लमजुङका कार्यवाहक अध्यक्ष रहेका भूपेश गुरुङलाई अध्यक्ष बनाउन खोजेको थियो । प्रहरीले कसैले पक्राउ गरेको छैन ।

    देउवा पक्षका धनबहादुर तामानले एक्कासी खुकुरी आतंक मच्चाएका थिए । कार्यक्रमा तरुण दलका अध्यक्ष विद्धान गुरुङ र नेपाली केन्द्रीय सदस्य जीतजंग बस्नेत अतिथिका रुपमा केन्द्रबाट सहभागी थिए ।

    दुई मन्त्रीकै सामुन्ने तरुण दलको अधिवेशनमा खुकुरी हानाहान भयो । तर आफ्नै समूहरुका कार्यकर्तालाई खुकुरी प्रहार हुँदा पनि निरीह बनेका थिए बनमन्त्री भेषबहादुर पौडेल ।

    खुकुरी हानाहानबाट गम्भीर घाइते भएका सुदीप अधिकारीलाई चितवन मेडिकल कलेजमा उपचारार्थ लगिएको छ । तर खुकुरी प्रहार गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । लमजुङका डीएसपी रेशम बोहराले अधिकारीमाथि खुकुरी प्रहार गर्नेलाई पक्राउ नगरेको आरोप कोइरालापक्षीय तरुण दलका नेताहरुको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार