लमजुङ । नेपाल तरुण दल, लमजुङको पाँचौ जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएको छ ।
शनिबार अधिवेशनको उदघाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीच खुकुरी हानाहान भएको हो ।
अधिवेशन उदघाटन समारोहमा गण्डकी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र अर्थमन्त्री टकराज गुरुङ सहभागी थिए । उनीहरुकै अगाडि देउवा पक्ष र कोइराला पक्षका युवाहरुबीच खुकुरी हानाहान भएको हो ।
मन्त्री भेषबहादुर शेखर पक्षका नेता हुन् । अधिवेशनमा देउवा पक्षले एकलौटी रुपमा नेतृत्व छान्ने प्रयास गरेपछि खुकुरी हानाहान भएको बताइएको छ । देउवा पक्षले पेलेरै लगेपछि कोइराला पक्षले विरोध जनाएको थियो । त्यसपछि देउवा पक्षका युवाहरुले खुकुरी प्रहार गरेका थिए ।
खुकुरी हानाहानमा शेखरपक्षीय नेविसंघका केन्द्रीय सदस्य सुदिप अधिकारी घाइते भएका छन् । उनलाई उपचारका लागि चितवन लगिएको बताइएको छ ।
यस्तै शेखर पक्षका खुशी गुरुङ पनि घाइते छन् । उनी वेशीसहर वडा नम्बर ९ का वडाअध्यक्ष हुन् । साथै शेखर पक्षकै किशोर बस्नेत र शंकर सापकोटा पनि घाइते छन् । कोइराला समूहले खुशीलाई अध्यक्ष बनाउन खोजेको थियो ।
यता देउवा पक्षले लमजुङका कार्यवाहक अध्यक्ष रहेका भूपेश गुरुङलाई अध्यक्ष बनाउन खोजेको थियो । प्रहरीले कसैले पक्राउ गरेको छैन ।
देउवा पक्षका धनबहादुर तामानले एक्कासी खुकुरी आतंक मच्चाएका थिए । कार्यक्रमा तरुण दलका अध्यक्ष विद्धान गुरुङ र नेपाली केन्द्रीय सदस्य जीतजंग बस्नेत अतिथिका रुपमा केन्द्रबाट सहभागी थिए ।
दुई मन्त्रीकै सामुन्ने तरुण दलको अधिवेशनमा खुकुरी हानाहान भयो । तर आफ्नै समूहरुका कार्यकर्तालाई खुकुरी प्रहार हुँदा पनि निरीह बनेका थिए बनमन्त्री भेषबहादुर पौडेल ।
खुकुरी हानाहानबाट गम्भीर घाइते भएका सुदीप अधिकारीलाई चितवन मेडिकल कलेजमा उपचारार्थ लगिएको छ । तर खुकुरी प्रहार गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । लमजुङका डीएसपी रेशम बोहराले अधिकारीमाथि खुकुरी प्रहार गर्नेलाई पक्राउ नगरेको आरोप कोइरालापक्षीय तरुण दलका नेताहरुको आरोप छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend