Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेपाल बंगलादेशसँग पराजित, सेमीफाइनलबाट बाहिरियो


    शुक्रबार, जेष्ठ २ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । साबिक विजेता बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको छ ।

    यस पराजयसँगै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

    शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रशंगशालामा बंगलादेशलाई जित दिलाउन अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरेका थिए भने नेपालका लागि सुजन डंगोलले गोल फर्काएका थिए ।

    खेलको दोस्रो हाफको ७३औं मिनेटमा अशिकुरको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो भने त्यसको ८ मिनेट पछाडी नै नज्मुलले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।

    निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपालाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो समय अभावका कारण पर्याप्त बन्न भने असफल भयो ।

    समूह चरणमा श्रीलंकाविरुद्ध ५–० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४–० को फराकिलो हार बेहोरेको थियो । यता माल्दिभ्सँग २–२ को बराबरीमा रोकिदा बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो ।

    अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार