Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट ३ सांसदले लिए हस्ताक्षर फिर्ता


    सोमबार, माघ ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश १ का ३ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् ।

    सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै फिर्ता लिएको बताएका छन् ।

    उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता सांसदहरु मध्ये हामी निवेदकहरुको समेत हस्ताक्षर रहेको र नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांदसहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार