Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बहराइन ६ बिकेटले पराजित, नेपालको सुपर थ्रीको सम्भावना कायमै


    बिहिबार, जेष्ठ १ २०८२
    950
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको छ ।

    आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटमा बिहीबार नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको हो ।

    थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य नेपालले ५।४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

    नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन बनाएका थिए भने बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट लिएकी थिइन ।

    त्यसअघि टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

    समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै नेपालले सुपर–३ को सभ्भावनालाई जिवितै राखेको छ । पराजित बहराइन भने समूह चरणबाटै बाहिरिएको छ । जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित बहराइन एक अंकका साथ पुछारमा थन्किएर बाहिरिएको हो ।

    अब नेपालले सुपर–३ मा पुग्नका लागि शुक्रबार हुने हङकङ र बहराइनबीचको खेल कुर्नुपर्नेछ । यो खेलमा बहराइन विजयी भएमा नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार