काठमाडौं । काठमाडौंमा सक्रिय नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो।
बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ मसेल घर भई तारकेश्वर नगरपालिका–२ देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी, मकवानपुर कैलाश गाउँपालिका–२ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री र ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २८ वर्षीय निर्मल खड्का रहेका छन्।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार बयलकोटी गिरोहका मुख्य नाइके हुन्। खत्री र खड्का उनका सहयोगी रहेको बस्नेतले बताए। उनीहरूले विभिन्न सरकारी, शैक्षिक संस्थाबाट जारी हुने शैक्षिक प्रमाण पत्र, मार्कलिष्टलगायत नम्कली बनाउने गरेका थिए। उनीहरूले गैरसरकारी, बैंक तथा वित्तीय संस्था, राजनीतिक पार्टीलगायतको लेटरप्याड र छाप बनाउने गरेका थिए।
त्रिभुवन विश्वविद्यालयको विभिन्न तहको सर्टिफिकेटसमेत उनीहरूले बनाउने गरेको भेटिएको छ। ‘जग्गा धनीपूर्जा, सवारी चालक अनुमति पत्र, स्थानीय तहको सिफारिस पत्र, राजनीतिक पार्टीको लेटर प्याड, बैंकहरूको स्टेटमेन्ट, मेडिकल रिपोर्ट, बिहे दर्ताको प्रमाण पत्र लगायत नक्कली बनाउने गरेको खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पत्रकार सम्मेलनमा भने।
बयलकोटी विगत सात वर्षदेखि तारकेश्वरमा कोठा भाडामा लिएर नक्कली प्रमाण पत्र बनाउन सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले नक्कली कागजात इडिट तथा डिजाइन गर्न खत्री र खड्कालाई तलब दिएर राखेका थिए।
’१० हजारदेखि १५ हजारसम्म मासिक तलब दिएर काममा लगाएको पाइएको छ,’ बस्नेतले भने। उनीहरूले जापानमा विद्यार्थी भिषामा जाने व्यक्तिहरूको लागि सहकारी संस्थाको स्टेटमेन्ट बनाएर कुरियर गरी जापान पठाउने गरेका थिए।
यस्तै, डिपेन्डेन्ट भिसा प्रयोजनका लागि ‘म्यारिज सर्टिफिकेट’ बनाउने काम पनि उनीहरूले गर्थे। ‘वर्किङ भिषामा जापान जानेहरूको विभिन्न तहको शैक्षिक प्रमाण पत्र बनाउने गरेको भेटिएको छ,’ आचार्यले भने।
यसैगरी, उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूको पिआर तथा ग्रीन कार्ड एप्लाई गर्नको लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल र वीर अस्पताललगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेका थिए।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले माइग्रेसन सर्टिफिकेट ४२ थान, क्यारेक्टर सर्टिफिकेट ६० थान, एकेडेमिक ट्रान्सक्रिप्ट ११० थान, म्यारिज रजिष्ट्रेसन सर्टिभिकेट ५ थान, प्रोभिजनल सर्टिफिकेट ५० थान बरामद भएको छ।
यस्तै, जग्गा धनी प्रमाण पुर्जा १०, सहकारी संस्थाको लेटरप्याड १७, वार्षिक आम्दानीको विवरण ७ थान, लेमिनेसन मेसिन १, हिटिङ मेसिन २, डाई कटर १, सहकारी संस्थाको स्टेटमेन्ट १७, विभिन्न स्थास्थ्यको सिफारिस २, बैंकहरूको स्टेटमेन्ट १०० पाना, स्थानीयको तहको सिफारिस पत्र २०, विभिन्न सरकारी, गैरसरकारी, संघ९संस्था, पार्टी कार्यालयको छाप तथा व्यक्तिगत दस्तखतलगायतका स्ट्याम्प प्याड ३५५ थान बरामद भएको आचार्यले बताए।
यसैगरी, मनिटर २ थान, सिपियु २ थान, माउस २ थान, प्रिन्टर ३ थान, खाली स्ट्याम्प १५०, स्ट्याम्प मेसिन १, मोबाइल ७ र अस्पतालका मेडिकल कार्ड २ थान बरामद भएको छ। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend