Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ‘ओलीले पार्टीभित्रको विवाद मिलाउन नसक्दा संसद विघटन गरे, सर्वोच्चले संविधानको सही ब्याख्या गर्नेछ’


    सोमबार, माघ ५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सघाउनेभन्दा रोक्ने अदालत आवश्यक परेको बताएका छन् ।

    गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडाैंमा गरेको कार्यक्रममा नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरोस् भन्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकीर गरे ।

    प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दाको रीस प्रतिनिधि सभा विघटन गरेर पोखेको भन्दै नेता सिटौलाले यो राष्ट्र र जनतामाथिको बेइमानी भएको टिप्पणी गरे । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार