काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब १ करोड १६ लाख ५० हजार रुपैयाँ थप दस्तुर असुल गर्नुपर्ने निष्कर्ष निकालेको छ।
महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औँ वार्षिक प्रतिवेदनमा अनुमतिपत्र नवीकरण दस्तुर समयमै नबुझाएकाले यो रकम असुल गर्नुपर्ने उल्लेख छ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १२ मा अनुमतिपत्र नवीकरणका लागि तोकिएको दस्तुर समयमै बुझाएर निवेदन दिनुपर्ने र समयमा नवीकरण नगरे थप दस्तुरसहित नवीकरण गर्न सकिने व्यवस्था छ।
प्रतिवेदनअनुसार, नेपाल टेलिकमले दोस्रो नवीकरणका लागि २०७५ माघ २५ सम्म २० अर्ब दस्तुर बुझाएर निवेदन दिनुपर्नेमा १८ करोड ९० लाख मात्र समयमै बुझायो। बाँकी १९ अर्ब ८१ करोड १० लाख २०८१ वैशाख २५ मा बुझाएको थियो। समयमा रकम नबुझाएकाले १५ प्रतिशत थप दस्तुरबापत २ अर्ब ९७ करोड १६ लाख ५० हजार असुल गर्नुपर्ने महालेखाको ठहर छ।
यस्तै, एनसेलले २०६१ भदौ १६ मा प्राप्त १० वर्षे अनुमतिपत्रको तेस्रो नवीकरणका लागि २०८१ जेठ १५ मा २० अर्ब बुझाउनुपर्नेमा ६ अर्ब ४० करोड मात्र बुझाएको छ। बाँकी १३ अर्ब ६० करोडको १५ प्रतिशत थप दस्तुरबापत २ अर्ब ४ करोड असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
महालेखाले कम्पनीको नाम किटान नगरे पनि २०८१ मा नवीकरण भएका नेपाल टेलिकम र एनसेलबाट कुल ५ अर्ब १ करोड १६ लाख ५० हजार असुल गर्न सरकारलाई सुझाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend