काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब १ करोड १६ लाख ५० हजार रुपैयाँ थप दस्तुर असुल गर्नुपर्ने निष्कर्ष निकालेको छ।
महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औँ वार्षिक प्रतिवेदनमा अनुमतिपत्र नवीकरण दस्तुर समयमै नबुझाएकाले यो रकम असुल गर्नुपर्ने उल्लेख छ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १२ मा अनुमतिपत्र नवीकरणका लागि तोकिएको दस्तुर समयमै बुझाएर निवेदन दिनुपर्ने र समयमा नवीकरण नगरे थप दस्तुरसहित नवीकरण गर्न सकिने व्यवस्था छ।
प्रतिवेदनअनुसार, नेपाल टेलिकमले दोस्रो नवीकरणका लागि २०७५ माघ २५ सम्म २० अर्ब दस्तुर बुझाएर निवेदन दिनुपर्नेमा १८ करोड ९० लाख मात्र समयमै बुझायो। बाँकी १९ अर्ब ८१ करोड १० लाख २०८१ वैशाख २५ मा बुझाएको थियो। समयमा रकम नबुझाएकाले १५ प्रतिशत थप दस्तुरबापत २ अर्ब ९७ करोड १६ लाख ५० हजार असुल गर्नुपर्ने महालेखाको ठहर छ।
यस्तै, एनसेलले २०६१ भदौ १६ मा प्राप्त १० वर्षे अनुमतिपत्रको तेस्रो नवीकरणका लागि २०८१ जेठ १५ मा २० अर्ब बुझाउनुपर्नेमा ६ अर्ब ४० करोड मात्र बुझाएको छ। बाँकी १३ अर्ब ६० करोडको १५ प्रतिशत थप दस्तुरबापत २ अर्ब ४ करोड असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
महालेखाले कम्पनीको नाम किटान नगरे पनि २०८१ मा नवीकरण भएका नेपाल टेलिकम र एनसेलबाट कुल ५ अर्ब १ करोड १६ लाख ५० हजार असुल गर्न सरकारलाई सुझाएको छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend