विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करी रोक्न सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् । बुधबार विराटनगरमा सुरु भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाइृ सम्बोधन गर्दै उनले तस्करी नियन्त्रण ३० दिनभित्र अनुभूति हुनेगरी एक्सन लिन निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले भने, ‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ । तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’ उनले शान्ति सुरक्षाको सवालमा राज्य कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे ।
गृहमन्त्री लेखकले हाल आइरहेका नयाँ सुरक्षाजन्य चुनौतीको पनि उल्लेख गरे । उनले भने, ‘लागुऔषध, सवारी दुर्घटना र आत्महत्याजस्ता घटनाले गम्भीर चुनौती खडा गरिरहेका छन् । प्रत्येक दिन सात जनाको ज्यान सवारी दुर्घटनामा जानु र १७ जनाले आत्महत्या गर्नु कुनै सामान्य कुरा होइन ।’
संविधान र गणतन्त्रप्रति प्रहार सह्य नहुने चेतावनी दिँदै उनले सार्वजनिक पदमा पुग्न अब वंश, हैसियत वा नाताको भर नपर्ने बताए । गृहमन्त्री लेखकले भने, ‘प्रमुख जिल्ला अधिकारीको छोरा प्रमुख जिल्ला अधिकारी हुने भए त्यो के गणतन्त्र भयो त रु जनमत वा क्षमता, यी दुई आधारबिना सार्वजनिक पदमा पुग्न सकिन्न ।’
गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । मुख्यमन्त्री कार्कीले पछिल्लो समय सुरक्षाका चुनौतीहरू जटिल बन्दै गइरहेको जनाउँदै पहिचानका नाममा भइरहेका अभियानले नयाँ सुरक्षा खतरा निम्त्याएको बताए ।
पाथीभरा केवलकार परियोजनाको प्रसंग कोट्याउँदै विकाससँगै आउने सम्भावित सुरक्षा चुनौतीप्रति राज्य सतर्क हुनुपर्ने उनले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले भने साइबर क्राइम, लागुऔषध ओसारपसार र अवैध गतिविधिलाई वर्तमान समयका प्रमुख चुनौतीका रूपमा रहेको बताए ।
गोष्ठीमा गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend