एजेन्सी । एयर इन्डियाले आफ्ना केही उडानहरू रद्द गरेको जनाएको छ । भारत र पाकिस्तानबीच युद्धविराम भएपनि एयर इन्डियाले एडभाइजरी जारी गर्दै सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरिएको जानकारी दिएको हो ।
‘छिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, १३ मे, मंगलबार जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ,’ उसले भनेको छ ।
अर्को एयरलाइन्स इन्डिगोले पनि मंगलबार जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट उडानहरू रद्द गरेको जानकारी दिएको छ । एडवाइजरीमा यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
भारत र पाकिस्तानबीच चार दिनसम्मको सैन्य आक्रमणपछि तत्कााल युद्धविराम सम्झौता भएको छ । गत महिना कश्मीरको पहलगाममा आतंककारी हमलामा परि एक नेपालीसहित २६ पर्यटकले ज्यान गुमाएका थिए ।
जसको जिम्मा भारतले पाकिस्तानलाई लगाउँदै आएको थियो । सोही आक्रमणको बदलामा भारतले केहि दिनअघि पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि भारत पाकिस्तान युद्धको चरणमा पुगेका थिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend