Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास


    सोमबार, बैशाख २९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतका स्टार क्रिकेटर एवम् पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

    केहि दिनअघि मात्रै कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट अचानक सन्यास घोषणा गरेका थिए । त्यसपछि विराटले पनि सन्यास लिन लागेको खबरहरु सार्वजनिक भएका थिए । तर, उनले आधिकारिक प्रतिक्रिया दिएका थिएनन् । आज भने उनले आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै टेस्ट क्रिकेटबाट आधिकारिक रुपमा सन्यास लिएको घोषणा गरेका हुन् ।

    उनले भनेका छन्, ‘म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु– खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि, र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि । म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्छु ।’

    सन् २०११ मा टेस्ट डेब्यु गरेका कोहलीले भारतका लागि अहिलेसम्म १२३ खेल खेलेका छन् । उक्त खेलमा उनले ९२३० रन बनाएका छन् । टेस्टमा उनको औसत ४६।८५ रहेको छ । टेस्ट क्रिकेटबाट सन्यास लिएपनि उनले एकदिवसीय क्रिकेटमा भने खेल्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार