Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत-पाकिस्तानबीच आज वार्ता हुँदै


    सोमबार, बैशाख २९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि आज मध्यान्ह १२ बजे वार्ता हुने तय भएको छ ।

    दुबै देशका सेनाका अधिकारीहरूबीच हुने वार्तामा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस संघर्षविराममा मध्यस्थता गरेको दाबी गरे पनि भारतले यसलाई अस्वीकार गर्दै द्विपक्षीय सैन्य संवादकै परिणाम भएको बताएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जना मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा आक्रमण भएको थियो ।

    भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट युद्धविराम लागू गरिएको थियो ।

    युद्धविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार