काठमाडौं । भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि आज मध्यान्ह १२ बजे वार्ता हुने तय भएको छ ।
दुबै देशका सेनाका अधिकारीहरूबीच हुने वार्तामा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस संघर्षविराममा मध्यस्थता गरेको दाबी गरे पनि भारतले यसलाई अस्वीकार गर्दै द्विपक्षीय सैन्य संवादकै परिणाम भएको बताएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जना मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा आक्रमण भएको थियो ।
भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट युद्धविराम लागू गरिएको थियो ।
युद्धविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend