Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्सामा महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ


    सोमबार, बैशाख २९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । महिलामाथि बलत्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् ।

    पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका(६ घर भई वीरगञ्ज(१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो ।

    उनी र अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति एक महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार