काठमाडौं । राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो। बस्नेतलाई सुकेधाराबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
बस्नेतविरुद्ध प्रहरीले पहिल्यै पक्राउ अनुमति लिइसकेको थियो। पक्राउका लागि प्रहरीले अदालतबाट अनुमति लिए पनि उनी फरार रहँदै आएका थिए।
त्यसरी अनुमति लिएकामध्य अझै केही फरार छन्। उनीहरु पनि खोजीको सूचीमा रहेका एसपी बोहराले बताए।
तीनकुने घटनामा २ जनाको ज्यान गएको थियो भने सयौँ घायते भएका थिए। यस्तै सरकारी तथा निजी सम्पत्तिमा पनि तोडफोड र आगजनी भएको थियो।
घटनामा संलग्नहरुलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ। अहिले ५३ जना हिरासतमा भए पनि हाजिरी जमानीमा रिहा भएकालाई पनि मुद्दा चलाउने प्रहरीले जनाएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend