Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • झापामा खुकुरी प्रहार गरी महिलाको हत्या, श्रीमान पक्राउ


    आइतबार, बैशाख २८ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापामा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

    आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा उनका श्रीमान् ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका हुन् ।

    कन्काई नगरपालिका–२ सुकेडागी बस्ने कविराजलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार