काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म तथा व्यक्तिहरूलाई सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण (लाइभ कभरेज) नगर्न कडा निर्देशन जारी गरेको छ । भारत-पाकिस्तानबीच चुलिँदो तनावको सन्दर्भमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले संवेदनशील तथा स्रोतमा आधारित जानकारी समयअघि सार्वजनिक हुँदा सैन्य अभियानमा असर पर्ने र नागरिकको सुरक्षामा समेत जोखिम उत्पन्न हुने जनाएको छ ।
यससँगै मन्त्रालयले कारगिल युद्ध, २६ सेप्टेम्बरको मुम्बई हमला र कन्दार विमान अपहरणजस्ता घटनाहरूको सन्दर्भ उल्लेख गर्दै, यस्ता सङ्कटको समयमा अनियन्त्रित रिपोर्टिङले गम्भीर सुरक्षा चुनौती निम्त्याएको उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।
रक्षा मन्त्रालयले केबल टेलिभिजन नेटवर्क ९रेगुलेसन० ऐनको स्मरण गराउँदै आतंकवादविरोधी अभियानको क्रममा केवल आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र प्रकाशन वा प्रसारण गर्न मिल्ने स्पष्ट पारेको छ ।
मन्त्रालयले भनेको छ, ‘सबै सरोकारवालासँग आग्रह छ कि राष्ट्रको सुरक्षाका लागि उच्चतम पत्रकारिता मानक अपनाउँदै संवेदनशीलता, सतर्कता र जिम्मेवारीका साथ समाचार सम्प्रेषण गर्न सहयोग गरियोस् ।’
अन्त्यमा मन्त्रालयले सबै सञ्चार माध्यम र व्यक्तिलाई आधिकारिक सूचना सार्वजनिक नभएसम्म सुरक्षा कारबाहीसम्बन्धी विवरण गोप्य राख्न आग्रह गर्दै, राष्ट्रिय सुरक्षामा सघाउन अपिल गरेको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend