काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म तथा व्यक्तिहरूलाई सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण (लाइभ कभरेज) नगर्न कडा निर्देशन जारी गरेको छ । भारत-पाकिस्तानबीच चुलिँदो तनावको सन्दर्भमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले संवेदनशील तथा स्रोतमा आधारित जानकारी समयअघि सार्वजनिक हुँदा सैन्य अभियानमा असर पर्ने र नागरिकको सुरक्षामा समेत जोखिम उत्पन्न हुने जनाएको छ ।
यससँगै मन्त्रालयले कारगिल युद्ध, २६ सेप्टेम्बरको मुम्बई हमला र कन्दार विमान अपहरणजस्ता घटनाहरूको सन्दर्भ उल्लेख गर्दै, यस्ता सङ्कटको समयमा अनियन्त्रित रिपोर्टिङले गम्भीर सुरक्षा चुनौती निम्त्याएको उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।
रक्षा मन्त्रालयले केबल टेलिभिजन नेटवर्क ९रेगुलेसन० ऐनको स्मरण गराउँदै आतंकवादविरोधी अभियानको क्रममा केवल आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र प्रकाशन वा प्रसारण गर्न मिल्ने स्पष्ट पारेको छ ।
मन्त्रालयले भनेको छ, ‘सबै सरोकारवालासँग आग्रह छ कि राष्ट्रको सुरक्षाका लागि उच्चतम पत्रकारिता मानक अपनाउँदै संवेदनशीलता, सतर्कता र जिम्मेवारीका साथ समाचार सम्प्रेषण गर्न सहयोग गरियोस् ।’
अन्त्यमा मन्त्रालयले सबै सञ्चार माध्यम र व्यक्तिलाई आधिकारिक सूचना सार्वजनिक नभएसम्म सुरक्षा कारबाहीसम्बन्धी विवरण गोप्य राख्न आग्रह गर्दै, राष्ट्रिय सुरक्षामा सघाउन अपिल गरेको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend