Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ एक हजार ४ सय रुपैयाँले घट्यो, तोलाको कति ?


    शुक्रबार, बैशाख २६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ४ सय रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने तोलामा एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार