काठमाडौं । भारतको उत्तरी र पश्चिमी क्षेत्रका दुई दर्जन विमानस्थलमा पाकिस्तानसँगको तनाव बढ्दै गएपछि उडान बन्द गरिएको वाशिंगटन पोस्टले जनाएको छ।
हिजो राति एक विज्ञप्तिमार्फत भारतको नागरिक उड्डयन मन्त्रालयले २४ एयरपोर्टहरू अस्थायी रूपमा बन्द गरेको पुष्टि गर्यो। थप ५ गरी अब ८ राज्यको २९ बिमानस्थल बन्द गरिएको छ ।
भारतका प्रमुख घरेलु एयरलाइन्सहरूले उत्तरी पञ्जाबको अमृतसर र पाकिस्तानको सिमानामा रहेको भारत नियन्त्रित कश्मीरको श्रीनगर लगायतका एयरपोर्टहरूबाट शनिबारसम्मका लागि उडानहरू बन्द रहने बताए।
इन्डिगो, भारतको सबैभन्दा ठूलो घरेलु वाहकले बुधबार १६५ उडानहरू रद्द गरेको थियो भने जबकि एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले उस्तै संख्यामा उडान रद्द गरेका थिए । एयर इण्डियाले आफ्नो दुई अन्तर्राष्ट्रिय उडानहरू अमृतसरबाट लाहोर नजिकैबाट नयाँ दिल्लीतर्फ डाइभर्ट गरेको छ किनभने एयरपोर्ट अचानक बन्द भए पछि अवतरणमा समस्या भएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend