Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद पुनर्स्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको गृहमन्त्री थापाकाे आरोप


    आइतबार, माघ ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनकुटा । गृहमन्त्री रामबहादुर थापाले संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब चुनावका लागि सबै तयार हुनुपर्ने बताए ।

    गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद् पुनर्स्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको आरोप समेत लगाए ।

    कार्यक्रम स्थलमा जाने क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्ताले मन्त्री थापालाई कालो झण्डा समेत देखाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार