Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक जना पक्राउ


    बिहिबार, बैशाख २५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नक्कली नोटसहित एक जना पक्राउ परेको छ ।

    नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका(२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार