Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै झण्डै ९० लाख ठगी गर्ने ३ जना पक्राउ


    बिहिबार, बैशाख २५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका-९ बस्ने सोही महानगरपालिका-१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका-५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका-४ घर भएका ४८ वर्षीय मिन बहादुर थापा रहेका छन् ।

    पक्राउ मध्ये जसमानले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ, भुपालले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र मिन बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जसमानलाई काठमाडौं महानगरपलिका-१२ बाट मंगलबार, भुपाललाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार र मिन बहादुरलाई नागार्जुन नगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार