काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।
भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा लेखेको छ, ‘५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानी सेनाको गोलाबारीको क्रममा आफ्नो प्राण आहुति दिए ।’
कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको थियो । भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
भारतले पाकिस्तान नियन्त्रित कश्मिरका ५ र पाकिस्तानकै भूमिका ४ गरी ९ स्थानमा एयर स्ट्राइक गरेको थियो । तीमध्ये पाकिस्तानको बहावलपुर भन्ने स्थानमा भएको आक्रमणबाट आतंकवादी संगठन जैश ए मोहम्मदका एक जना कमाण्डर मसुद अजहरको परिवारका १० जना मारिएका छन् । उनीहरु मारिएको जैश ए मोहम्मदले समेत स्वीकार गरेको छ ।
अपरेसन सिन्दूर नाम दिइएको भारतको एयर स्ट्राइकपछि सीमा क्षेत्रमा दुवैतर्फबाट आक्रमण तीव्र भएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend