Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग


    आइतबार, माघ ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले निर्वाचनकाे तयारीबारे आज सर्वदलीय छलफल गर्दै छ । वैशाखमा हुने मध्यावधि निर्वाचनका बिषयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित कार्यालयमा आयोगले बोलाएको छ ।

    आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । 

    प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनकाे घाेषणा भएकाे छ । आयोगले मध्यावधि निर्वाचनकाे तयारीलाई तिब्र बनाएकाे छ।

    यता संसद विघटनबिरूद्ध परेका मुद्दा सर्वाेच्चमा विचारधिन छन् । संसद पुनर्स्थापनाकाे माग गर्दै सर्वाेच्च अदालतमा परेका रिटहरूकाे आजबाट निरन्तर सुनुवाइ हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार