Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वडाध्यक्षले गरे पोखरा महानगरका कर्मचारी र व्यवसायीमाथि हातपात


    बुधबार, बैशाख २४ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पोखरा महानगरपालिका– ४ का वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । मङ्गलवार वडाअध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् ।

    कर्मचारीलाई तालिममा पठाउने विषयमा आफुसँग सल्लाह नगरेको भन्दै वडाअध्यक्ष पराजुलीले आफुलाई हातपात गरेको पोख्रेलको भनाई छ ।

    उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध ४ संगठनले मङ्गलवार मेयर र प्रमुख प्रशासकीय अधिकृतसमक्ष २४ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए । तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका छन् ।

    स्थानीय तह कर्मचारी संघका रेशम जिसीले कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले आज पनि सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने चेतावनी दिए ।

    वडाध्यक्षले पराजुलीले सोही दिन व्यवसायी लेखनाथ सुवेदीमाथि पनि हातपात गरेका थिए । सर्वेश्वर मार्गको फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले हातपात गरेपछि सुवेदीले प्रहरीकहाँ उजुरी दिएका छन् । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले वडाअध्यक्ष पराजुलीविरुद्ध कडा कारबाहीको माग गर्दै उजुरी आएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार