काठमाडौं । पोखरा महानगरपालिका– ४ का वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । मङ्गलवार वडाअध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् ।
कर्मचारीलाई तालिममा पठाउने विषयमा आफुसँग सल्लाह नगरेको भन्दै वडाअध्यक्ष पराजुलीले आफुलाई हातपात गरेको पोख्रेलको भनाई छ ।
उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध ४ संगठनले मङ्गलवार मेयर र प्रमुख प्रशासकीय अधिकृतसमक्ष २४ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए । तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका छन् ।
स्थानीय तह कर्मचारी संघका रेशम जिसीले कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले आज पनि सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने चेतावनी दिए ।
वडाध्यक्षले पराजुलीले सोही दिन व्यवसायी लेखनाथ सुवेदीमाथि पनि हातपात गरेका थिए । सर्वेश्वर मार्गको फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले हातपात गरेपछि सुवेदीले प्रहरीकहाँ उजुरी दिएका छन् । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले वडाअध्यक्ष पराजुलीविरुद्ध कडा कारबाहीको माग गर्दै उजुरी आएको बताए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend