Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँबाट ४० लाख बढि नगदसहित २ जना हुन्डी कारोबारी पक्राउ


    बुधबार, बैशाख २४ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले काठमाडौँबाट हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हुन्डीको ४० लाख ३२ हजार पाँचसय रुपैयाँसहित एक नेपाली र एक भारतीय पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि १५ तिनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन्।

    उनीहरुको साथबाट ४० लाख ३२ हजार पाँचसय रुपैयाँ नगद, २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार